News Desk
२ वर्षपछि मेसी र रोनाल्डोबीच मैदानमा भेट हुँदै
जेनेभा — आश्विन १६, २०७७।
युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि बिहीबार ड्र जारी गरिएको छ र त्यस अनुसार लिग चरणमा लियोनल मेसीले आफ्ना खास प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको सामना गर्ने भएका छन् ।
रोनाल्डोले रियल म्याड्रिड छाडेर युभेन्टस गएयता दुई वर्षपछि मेसीसँग भेट हुन लागेको हो । दुवै टिम लिग चरणमा एउटै समूहमा परेका छन् ।
डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले भने एटलेटिको म्याड्रिडसँग भिड्नु पर्नेछ । अन्य ठूला खेल पेरिस सेन्ट जर्मेनविरुद्ध म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडविरुद्ध इन्टर मिलान पनि रहेका छन् ।
यस्तो छ ड्र
समूह ए : बायर्न म्युनिक, एटलेटिको म्याड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को
समूह बी : रियल म्याड्रिड, साख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख
समूह सी : पोर्टो, म्यानचेटर सिटी, ओलम्पियाकोज, मार्से
समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, मिडट्जयल्यान्ड
समूह ई : सेभिया, चेल्सी, क्रासनोडर, रेनेस
समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, ब्रुग्स
समूह जी : युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्भारेस
समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्टानबुल बासाकसेर
(कान्तिपुर दैनिक)