विश्वकै  जेष्ठ नागरिक भनेर चिनिएकी   नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान 
News Desk
Oct-02 , 2020 तारिख 09:58 बिहान

काठमाडौं — आश्विन १६, २०७७। 

३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा बाला फाउण्डेसनले विश्वकै  जेष्ठ नागरिक भनेर चिनिएकी   नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरेको छ ।

बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि  स्वास्थ्य राज्यमन्त्री नवराज रावत र विशेष अतिथि नुवाकोटबाटै निर्वाचित नेकपा सांसद बद्री मैनाली रहेका थिए ।  

कार्यक्रममा ककनी गाउपालिका अध्यक्ष मानबहादुर लामा,उपाध्यक्ष सीता खतिवडा,वडा नम्वर ८ वडाध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी , रामहरी श्रेष्ठ, रामशरण भण्डारी,  अरनिकाे टेलिभिजनका सगाेत्री आचार्य, डा .राम थापा, माेहन के.सी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो । फाउण्डेशनको केन्द्रीय तर्दथ समितिकी अध्यक्ष भवानी दाहालकाे अध्यक्षातामा सम्पन्न कार्यक्रममा भयाे। कार्यक्रममा सांसद  मैनालीले  प्रदान गर्दै आउनुभयकाे आफ्नाे पारिश्रमिकबाट मासिक ५ हजारका दरले प्रदान गर्न बाँकी ६ महिनाको चेकमार्फत ३० हजार रूपैँया समेत प्रदान गरेका थिए । 

मैनालीले  लामिछानेको उचित व्यवस्थापन र आवास निर्माणको लागि आफ्नाे प्रदेश सांसद पूर्वाधार कार्यक्रम अन्तर्गत कार्यविधि र नियमावली अनुरूप मिल्ने अवस्थामा आवास निर्माणका लागि फाउण्डेसनमार्फत  १० लाख रूपैँया समेत उपलब्ध गराउने बताए ।

समाजसेवी मोहन केसीले लामिछानेको स्वास्थ्य उपचारकाे लागि २५ हजार रुपैयाँ बराबरको चेक समेत प्रदान गरे ।