लेवनडोस्की युरोपेली वर्ष खेलाडी
News Desk
Oct-02 , 2020 तारिख 10:12 बिहान

जेनेभा — आश्विन १६, २०७७। 

बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवनडोस्की बिहीबार युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् ।

उनले यसक्रममा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र बायर्न म्युनिकका म्यानुएल नोयालाई उछिने ।

पोलिस खेलाडीले च्याम्पियन्स लिगमा १५ गोल गरे र उनको टिमले छैटौं पल्ट च्याम्पियन्स लिग जितेको थियो । यस्तै उनले बुन्डेसलिगामा ३४ गोल गरे । जर्मन कपमा भने उनको पाँच गोल रह्यो ।

उनकै उत्कृष्ट प्रदर्शनमा बायर्नले लिग र कप दुवै जितेको थियो । बायर्नकै हान्सी फ्लिकले वर्षका प्रशिक्षकको अवार्ड पनि पाए । उनको नेतृत्वमा गत सिजन बायर्नका लागि सफलताको वर्ष रह्यो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको