News Desk
बझाङ— आश्विन १६, २०७७।
खिकाला गाउँदेखि १० मिनेट टाढा गाड नजिक राजेन्द्रको भैंसी गोठ छ। त्यहीँ बाटो भएर सम्झना सधैं आफ्नो गोठ र घर हिड्ने गरेकी थिइन्। लामो समयदेखि राजेन्द्रले सम्झनाको पिछा गर्दै आएको प्रहरीले अनुसन्धानबाट पुष्टि गरेको छ।
असोज ७ गते दिँसो ४ बजे गोठमा भैँसीलाई घाँस दिने निहुँमा सम्झनालाई पर्खेर उनी बाटो बसेका रहेछन्। उनले सम्झना आएको टाढैबाट देखे र गाडबाट पिछा गर्दै उनी गए। सम्झनाले आफू पछाडि आएको कुनै जानकारी नपाएको उनले प्रहरीलाई बताएका छन्।
सम्झना स्थानीय मुसा खोलामा पुगेपछि एक्कासी आफूले समाएर मुख थुन्दै जंगलको बीचमा रहेको सिम देवताको मन्दिरभित्र पु(याएको र त्यहाँ आफूसँग यौनसम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमानेपछि जबरजस्ती करणी गरेपछि चिच्याउन थालेपछि कुटपिट गरी हत्या गरेको प्रहरीसमक्ष राजेन्द्रले स्वीकारेको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए। ‘मैले जबरजस्ती करणी गरेपछि चिच्याउन थालेकी थिइ,’ राजेन्द्रले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘त्यसपछि मन्दिरभित्र रहेको त्रिसुल रोपे तर मृत्यु नभएपछि ढुंगाले टाउकोमा र छातिमा कुटेको हुँ।’
सम्झनाको हत्यामा प्रयोग गरिएको त्रिसुल मन्दिरभन्दा करिब ३ मिटर टाढा फेला परेको थियो। सम्झनाको हत्या गरेर घर फर्कँदा राजेन्द्रले स्थानीय कलक दामाईलाई भेटेका थिए। कलकलाई राजेन्द्रले भैँसी गोठबाट आएको भनेर जानकारी गराएको अनुसन्धानबाट खुलेको ती प्रहरी अधिकृतले बताए। सम्झनाको बलात्कारपछि राजेन्द्र नै हत्या गरेको प्राप्त आधार र स्वयं राजेन्द्रले नै स्वीकार गरेको प्रहरीको दाबी रहेको आजको नागरिक दैनिकमा खवर छ ।