इजरायलले पाँच सय नेपाली कामदार लैजाने
News Desk
Oct-02 , 2020 तारिख 10:38 बिहान

काठमाडौं — आश्विन १६, २०७७। 

नेपाल र इजरायलबीच श्रम सम्झौता र सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री एचइ गाभी अस्केनाजीले हस्ताक्षर बुधवार गरे। समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधारले निरन्तरता पाउने विश्वास गरिएको छ।

त्यस्तै इजरायली विशिष्ठ श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगार सम्बन्धी सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ। सो सम्झौताले इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर। कृषि, होटेल-रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्नेछ।

यदपि प्रत्येक क्षेत्रका लागि इम्प्लीमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुनेछ। सो प्रोटोकलमा हस्ताक्षर पश्चात केही महिनामै पहिलो चरणमा पाँच सय नेपाली इजरायल जान पाउने छन्।

हस्ताक्षरअघि राजदूत शाक्य र इजरायली परराष्ट्र मन्त्री अस्केनाभीबीच दुइृ देशका आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको आजको नागरिक दैनिकमा खवर छ। 

धेरै पढिएको