लिड्स र सिटीबीच बराबरी
News Desk
Oct-04 , 2020 तारिख 09:14 बिहान

लिड्स — आश्विन १६, २०७७।

लिड्स युनाइटेडले सुदृढ पुनरागमन रच्दै शनिबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । यो सिटीका व्यवस्थापक पेप ग्वार्डिओला र उनका लागि फुटबल प्रशिक्षणका प्रेरणा मार्सेलो बिएल्साबीचको खेल पनि थियो ।

एलान रोडमा भएको खेलमा सिटीले रहिम स्टर्लिङको गोलले १७औं मिनेटमा अग्रता लिएको थियो । रोडरिगो मोरेनाले दोस्रो हाफमा बराबरी गोल फर्काए ।

यस्तै अर्को खेलमा कलुम विल्सनको दुई गोलमा न्युकासल युनाइटेडले बर्नर्लीलाई सेन्ट जेम्स पार्कमा ३–१ ले हरायो । बर्नलीको यो लगातार तेस्रो हार हो । क्लब अंकविहीन भएर लिग तालिकाको पुछारतिर छ ।

(कान्तिपुर दैनिक)