बसभित्र सामूहिक बलात्कार गरेको अभियोगमा चालकसहित दुई पक्राउ
News Desk
Oct-04 , 2020 तारिख 02:52 बेलुका

काठमाडौं — आश्विन १६, २०७७। 

प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् ।

भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ ।

जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो ।

घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।

(अनलाईन खबर)