News Desk
लिभरपुल एस्टन भिल्लासँग ७-२ र म्यानचेस्टर युनाइटेड टोटनहमसँग ६-१ ले पराजित
बर्मिङ्घम — आश्विन १९, २०७७।
ओली वाटकिन्सको ह्याट्रिकमा एस्टन भिल्लाले आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई अविश्वसनीय रूपमा ७–२ ले हराएको छ ।
अप्रत्याशित हारपछि लिभरपुलको लिगमा शतप्रतिशत जितमा पनि धक्का लागेको छ ।
वाटकिन्सले चौथो र २२ औं मिनेटमा गोल गरेपछि लिरभपुलका तर्फबाट मोहम्मल सलाहले एक गोल फर्काए । जोन म्याकगिनले फेरि भिल्लाको अग्रता बढाए भने वाटकिन्सको ह्याट्रिक ३९ औं मिनेटमा पूरा भयो ।
त्यसयता रस बार्कीले एक तथा ज्याक ग्रेलिसले दुई गोल गरे । यसबीच सलाहले एक गोल थपे । सन् १९६३ यता लिरभपुलले सात गोल खाएको यो पहिलो पल्ट हो । यस्तै सन् २०१९ यता लिभरपुलको यो चौथो लिग हार मात्रै हो ।
यसअघि टोटनहमले दस खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ६–१ ले हराएको थियो । त्यसमा सन ह्युङ मिन र ह्यारी केनले दुई-दुई गोल गरे ।
(कान्तिपुर दैनिक)