आयशालाई स्वर्ण
News Desk
Oct-05 , 2020 तारिख 10:34 बिहान

काठमाडौँ — आश्विन १९, २०७७। 

प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण, २ रजत र एक कांस्य पदक जितेका छन् । १३ औं सागकी दोहोरो स्वर्णधारी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक जितेका छन् । 

आयशाले महिला ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेका हुन् । बंगलादेशले आयोजना गरेको प्रतियोगिताका लागि नेपाली खेलाडीले लगनखेलस्थित आर्मी फिजिकल ट्रेनिङ सेन्टरबाट आफ्नो प्रस्तुति दिएका थिए । त्यसमा आर्मीका तेक्वान्दो प्रशिक्षक दीपक विष्ट र दानबहादुर ऐरीले विशेष भूमिका खेलेका थिए । आयशाको आफ्नो इभेन्टमा अस्ट्रलियाका खेलाडीलाई पछाडि पारेकी थिइन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा नेपालकी नीता गुरुङ रजत जितिन् । पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत जिते । सोही उमेर समूहको महिला स्पर्धामा सीना मादेन पनि रजतमै सीमित भइन् ।

(कान्तिपुर दैनिक)