कार्यकर्तालाई प्रतिपक्षको भूमिकाबारे सिकाउन सकेनौंः गगन थापा
News Desk
Oct-06 , 2020 तारिख 09:49 बिहान

काठमाडौं — आश्विन २०, २०७७। 

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य गगन थापाले सोमवार प्रदेश पाँच संसदमा भएको घटना संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका छन्। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका भए पनि हिजोको तरिका पूर्णत अवाञ्छनीय भएको उनको ठहर छ।

‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ।’ सामाजिक सन्जाल फेसबुकमा उनले भेनेका छन्, ‘संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ।’

उक्त घटनाको आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ। ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै उनले स्विकारे ।

धेरै पढिएको