थप खतरामा उपत्यका
News Desk
Oct-06 , 2020 तारिख 09:51 बिहान

काठमाडौं — आश्विन २०, २०७७। 

कोरोना संक्रमणका कारण पछिल्लो २४ भित्र १९ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ४० जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौं उपत्यकामा मात्र १५ सय ३१ जना हुन्। नयाँ संक्रमितमध्ये उपत्यकामा मात्र ६२.७ प्रतिशत छन्। अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। कुल संक्रमितमध्येमा ६५ हजार २ सय २ जना निको भइसकेका छन्।

हाल देशभरिमा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ सय ४४ को आइसियु र ४३ को भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल देशभरिमा १२ हजार ३ सय १६ जना होम आइसोलेसन र ११ हजार १ सय ९१ जना संस्थागत आइसोेलेसनमा छन्। गत २ब्ल्म्एभ्च्४४लदकउसघण्टामा १३ हजार ८ सय ८१ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कुल परीक्षण भएकामध्ये काठमाडौं उपत्यकामा २० प्रतिशत संक्रमण दर देखिएको र त्यहीअनुसार गम्भीर लक्षण भएका बिरामी पनि थपिँदै गएकाले थप मृत्यु हुने खतरा बढेर गएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले बताए।

दैनिक संक्रमणको कारण अस्पतालका आइसियु अस्पतालका शड्ढया भरिँदै गएको डा पाण्डेले बताए। यही दरले संक्रमण बढ्दै गएमा उपचारमा पुग्ने संक्रमितले पर्याप्त आइसियु र अक्सिजन नपाएर मृत्यु हुने खतरा बढिरहेको उनको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।