ओमान जान एनओसी नचाहिने
News Desk
Oct-06 , 2020 तारिख 10:54 बिहान

काठमाडौं — आश्विन २०, २०७७। 

ओमानबाट बिदामा आएर जान नपाएकालाई पुनः जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जनाएको छ ।

दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णयअनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

धेरै पढिएको