उपत्यकामा २४ घण्टामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण
News Desk
Oct-07 , 2020 तारिख 02:39 बेलुका

काठमाडौं— आश्विन २१, २०७७। 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६८४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मंगलबार २४ घण्टाको अद्यावधिक विवरण अनुसार उपत्यकामा १ हजार १७ जनामा कोरोना देखिएको थियो ।

(कान्तिपुर दैनिक)