News Desk
काठमाडौं,असोज २२ । सन् २०२२ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ।
काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजेबाट आवेदन खुला भएको हो। बुधबारबाट खुला भएको डिभी कात्तिक २५ गत बन्द हुने छ।