२४ घन्टामा ४३ सय ६४ कोरोना संक्रमित थपिए, २६७५ जना डिस्चार्ज
News Desk
Oct-08 , 2020 तारिख 08:51 बेलुका

काठमाडौं,  २२ असोज । नेपालमा कोरोना भाइरसका आज ४३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ९८ हजार ६ सय  १७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म  ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । आज २६७५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Related Post