नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, शुक्रबार २ हजार ५९ जनामा संक्रमण पुष्टि
News Desk
Oct-09 , 2020 तारिख 02:28 बेलुका

काठमाडौं — आश्विन २३, २०७७। 

पछिल्लो २४ घन्टामा नेपालमा थप २०५९जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज भएका छन्् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

(कान्तिपुर दैनिक)