पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण
News Desk
Oct-09 , 2020 तारिख 02:38 बेलुका

काठमाडौं — आश्विन २३, २०७७। 

उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् । २४ घण्टामा १३ हजार २७९ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा २५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

(कान्तिपुर दैनिक)