द उदयपुर मिट मार्टले परम्परागत शैलीमा भागभाग लगाएर ताजा मासु बिक्रीवितरण
News Desk
Oct-13 , 2020 तारिख 10:56 बिहान

द उदयपुर मिट मार्टले     परम्परागत शैलीमा भागभाग लगाएर ताजा मासु  बिक्रीवितरण                   काठमाडौं। द उदयपुर मिट मार्टले दशैलाई लक्षित गरि लोकल खसी,कुखुरा र हाँस को मासु होम डेलिभरि गर्ने भएको छ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ८ स्थित गोठाटारको कृषी उपज बजारमा संचालनमा रहेको द उदयपुर मिट मार्टले नजिकिदै बडादशै र चाडपर्व लाई लक्षित गरी सुपथ मुल्यमा परम्परागत शैलीमा भागभाग लगाएर ताजा मासु तथा जिउँदै लोकल कुखुरा,खसी,बिक्री गरिरहेको छ।

उदयपुर,खोटाङ,ओखलढुंगा,सिन्धुली,रामेछाप, नुवाकोट,धादिङ साथै अन्य पहाडी जिल्लाहरूबाट प्रत्यक्ष कृषककोमा गएर लोकल खसी,लोकल कुखुरा,हाँस,कालिज,बटाई र माछा खरिद गरेर थोक मुल्यमा उपत्यकाका भक्तपुर,ललितपुर र काठमाण्डौमा वितरण गर्न लागेको हो ।

मार्टले हाल पनि मासुको होम डेलिभरी गरिरहेको छ । मार्ट संचालक उदयपुरका युवा दौलत विक्रम राउत भन्छन्,कृषि उद्यमको रुपमा बिकास गर्ने मेरो लक्ष्य हो,हाम्रो मार्टले ग्राहकको चाहना अनुरुप स्वच्छ तथा सफा मासु दिन्छौं।

मार्टले खसी काट्ने,सफा गर्ने,मासु काट्ने ठाउँ छुट्टाछुट्टै मिलाए र होटल,रेस्टुरेन्ट,बिवाह,ब्रतबन्ध,बिभिन्न पार्टी सेमिनार,तथा उत्सवहरुमा लोकल प्रजातिका मासु बिक्रिबितरण गरिरहेको छ ।

Related Post