News Desk
काठमाडौँ — आश्विन २७, २०७७।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको जानकारी दिएको हो ।
२४ घण्टामा जम्मा १५ हजार ५७७ पीसीआर परीक्षण भएका छन् ।
उपत्यकामा सोमबार काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना गरी २ हजार २८३ संक्रमित देखिएका थिए ।
देशभर भने मंगलबार ३ हजार ५५६ जना संक्रमित थपिएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ३ जना घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।
(कान्तिपुर दैनिक)