सञ्चार मन्त्रालय भन्छ– कात्तिक ७ बाटै क्लिनफिड लागू गर्नुस्
News Desk
Oct-14 , 2020 तारिख 01:34 बेलुका

काठमाडौँ — आश्विन २८, २०७७। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले ०७७ कात्तिक ७ गतेबाट क्लिनफिड लागू गर्नुपर्ने बताएको छ । 

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै क्लिनफिडबारे सजग गराएको हो । मन्त्रालयले भनेको छ, ‘मिति २०७७ साल कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिसमेतको व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरूप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्न गराउन सम्बन्धित सबै संघसंस्थाहरूलाई अनुरोध गरिएको छ ।’

कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण नभएमा प्रचलित कानुनबमोजिम अघि बढिनेसमेत मन्त्रालयले जनाएको छ ।

नेपाल केबल टेलिभिजन महासंघलगायतका संघसंस्थाहरूबाट विज्ञापनरहित प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा पनि सञ्चार मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

(नयाँ पत्रिका)

धेरै पढिएको