News Desk
काठमाडौँ — आश्विन २८, २०७७।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ४०३ कोरोना संक्रमित देखिएका छन् ।
काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मुलुकभर २४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २ हजार १७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।