तातोपानीमा बीओपी
News Desk
Oct-15 , 2020 तारिख 09:44 बिहान

सिन्धुपाल्चोक — आश्विन २९, २०७७। 

चीन जोड्ने उत्तरी नाका तातोपानीको लार्चामा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बुधबार भोटेकोसी गाउँपालिकाको लार्चास्थित बीओपीको उदघाट्न गरेका हुन् ।

तातोपानी बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशवकुमार श्रेष्ठका अनुसार बीओपीका लागि सीमास्थित सशस्त्र प्रहरी बल नेपाल–२२ गुल्म हेडक्वाटर (राजस्व तथा भन्सार गस्ती सुरक्षा) को एक सेटटाइप ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ ।

सुक्खा बन्दरगाह र भन्सार कार्यालय छेउमा राखिएको बीओपीले सीमा सुरक्षामा गस्ती गर्ने इन्स्पेक्टर श्रेष्ठले बताए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको