काठमाडौंको सोह्रखुट्टेमा ग्यास लिक हुँदा आगलागी
News Desk
Oct-15 , 2020 तारिख 11:26 बिहान

३ जना घाइते भएको प्रारम्भिक जानकारी

काठमाडौँ — आश्विन २९, २०७७। 

काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसाे एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ । आगलागीमा परी ३ जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

अहिले घटनास्थलमा दमकल र प्रहरीको टोलीले आगो निभाइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

(कान्तिपुर दैनिक)