मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, आचल कुसुम अधिकारी प्रथम
News Desk
Jun-07 तारिख 06:28 बिहान • आज

काठमाडौँ : मङ्गलादेवी सिंह फाउन्डेसनले ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ।

शनिबार काठमाडौँमा आयोजित ‘नेपालको महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको योगदान’ विषयक प्रतियोगितामा अधिकारीले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्नुभएको हो। उहाँलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

त्यस्तै, बिनिता तामाङले दोस्रो स्थान प्राप्त गर्दै रु १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो भने शिवानी राउत तेस्रो हुनुभएको छ। उहाँलाई रु १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले शान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही रु ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो। प्रतियोगितामा कुल ६० जना प्रतिस्पर्धी सहभागी भएका थिए।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल र राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

अध्यक्ष सिंहले यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता, अभिव्यक्ति कला र सामाजिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

धेरै पढिएको