News Desk
काठमाडौँ — आश्विन ३०, २०७७।
पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले दोश्रो संस्करणको 'फेशन एण्ड मोडल अवार्ड’ बिहिबार सम्पन्न गरेको छ। ललितपुर स्थित म्युजिक सिटीमा आयोजित समारोहमा वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रीन फेशन आइकन ’ ले सम्मानित गरियो।
त्यसैगरी, टेलिभिजनमा विभिन्न रियालिटी शो संचालनको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाली रियालिटी शोलाई एक आफ्नै उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नायिका तथा टेलिभिजन कार्यक्रम संचालिका रिमा विश्वकर्मालाई ‘मस्ट इन्फ्लुइन्सियल टीभी आईकन’ प्रदान गरियो।
विगतको वर्षमा झैं यस वर्ष पनि फेशन र मोडल सम्वद्द गरी सम्पूर्ण विधाका उत्कृष्ट मनोनयन सार्वजनिक भएसंगै मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ग्लोवल अनलाईन पे मार्फत डिजिटल अनलाईन भोटिङ गरिएको थियो ।
मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ र ५०% मत फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट नै लिइएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन।
वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो ।
नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको छ ।
पेजेन्ट नेपाल ईन्टरनेशनलले यसवर्षको 'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ भने विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै विहीबार विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकाअनुरुप संचालन गरी सम्पन्न गरेको थियो ।
सम्मानित हुनेहरुमाः
Pageant Nepal Fashion & Model Award 2020 Technical Category winners:
Pageant Nepal Fashion & Model Award 2020 Make up & Fashion Designer Category
Pageant Nepal Fashion & Model Award 2020
Kids Category winners :
Pageant Nepal Fashion & Model Award 2020
Mrs Category winners:
Pageant Nepal Fashion & Model Award 2020
Teen Category
Pageant Nepal Fashion & Model Award 2020
Mofasal Category:
Pageant Nepal Fashion & Model Award 2020
Pageant Nepal Fashion & Model Award 2020
Mr & Miss Category
Pageant Nepal Fashion & Model Award 2020
Pageant Nepal Fashion & Model Award
Evergreen Fashion Icon: Bhuwan KC
Most Influencial TV icon: Rima Bishwokarma

































