सडक निर्माण गराउन दबाबस्वरुप चक्काजाम
News Desk
Oct-30 , 2020 तारिख 08:18 बेलुका

वीरगंज, १४ कात्तिक । वीरगंज–पथलैया ६ लेन सडक निर्माण यथाशीघ्र सम्पन्न गराउन दबाबस्वरुप स्थानीयले सडकमा बसेर चक्काजाम गराएका छन् । बाराको जितपुरदेखि सिमरासम्म सडक खनेर अलपत्र पारेर काम छोडेपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन् ।

युनाइटेड बिल्डर्सले ठेक्का पाएकोे सो निर्माण कार्य यथाशीघ्र सम्पन्न गराउन जीतपुरका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरूले सम्बन्धीत निकायको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणमा कुनै चासो नदेखाएपछि चक्काजाम गरी विरोध प्रदर्शन गरिएको राजुराज गिरीले जानकारी गराए ।

चक्काजाम कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहभागिता थियो । सो सडक निर्माण कार्य सम्पन्न नहुँदा दुर्घटना बढेको छ।

Related Post