अक्षयको 'लक्ष्मी बम'को नाम फेरियो, यस्तो छ नाम फेर्नुको कारण
News Desk
Oct-30 , 2020 तारिख 08:31 बेलुका

डिजिटल रिलिजको तयारीमा रहेको बलिउड अभिनेता अक्षय कुमारको 'लक्ष्मी बम'को नाम परिवर्तन गरिएको छ।

सिनेमा नयाँ नाम 'लक्ष्मी' हुनेछ। सिनेमामा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन्।

राघव लरेन्सको निर्देशनमा बनेको सिनेमा बिहीबार सेन्सरबाट पास भएको छ।

सेन्सर सदस्यहरूसँगको छलफलपछि धार्मिक भावनालाई ध्यानमा राख्दै सिनेमाको नाम 'लक्ष्मी बम'बाट 'लक्ष्मी' बनाइएको हो।

हालै मुकेश खन्ना लगायतका केही कलाकार र मानिसहरूले सिनेमाको शीर्षकमाथि प्रश्न उठाएका थिए। उनीहरूले सिनेमाको नामले मानिसहरूको धार्मिक भावनालाई चोट पुर्‍याउने आरोप लगाएका थिए।

 

हरर-कमेडी जनराको सिनेमा ९ नोभेम्बरमा रिलिज हुँदैछ।

Related Post