News Desk
काठमाडौँ, १७ कात्तिक: सोमबार नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंक लिमिटेड (SANIMA) को मूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।
नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजनपश्चात बैंकको शेयरमूल्य ३२० रुपैयाँ तोकेको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २८ गते, आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे सभा डाकेको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ। बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।-मेरोलगानी/File Photo