रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा
News Desk
Nov-04 , 2020 तारिख 11:00 बिहान

काठमाडौं — कार्तिक १९, २०७७। 

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य बढाइदिएको छ ।

अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन ९काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर०मा माल्ट ९प्रशोधित जौ० को मात्राभन्दा कनिका धेरै भेटिएपछि वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेर अन्तःशुल्कको मूल्य बढाइएको विभागले जनाएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले प्रशोधित जौको मात्रा बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने निर्देशन गोर्खा ब्रुअरीलाई दिएको छ । गोर्खा ब्रुअरीको बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ रुपैयाँ छ । तर, कनिका बढी हालेका कारण विभागले हाल यस बियरको मान्यता नदिई अन्यसरहको अन्तःशुल्क बुझाउन सो कम्पनीलाई निर्देशन दिएको हो ।

अन्यसरह अन्तःशुल्कमा दररेट प्रतिलिटर ४३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । यो २२०६।००।९० अनुसार मूल्य कायम गरिएको विभागले जनाएको छ । जौभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले कनिकाको मात्रा बढी प्रयोग गरेको विभागको दाबी छ ।

हाल गोर्खा ब्रुअरीले विभागबाट कायम गरिएको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गत केही सातादेखि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा गएको छैन । तिहारको बेलामा आफ्नो उत्पादन बजारमा पठाउन नपाएपछि अहिले यस कम्पनीले अनेक बहाना बनाएर रोकिएका गुणस्तरहीन बियर पुनः बजारमा पठाउने प्रयास गरिरहेको आजको राजधानी दैनिकमा खवर छ ।

धेरै पढिएको