News Desk
काठमाडौं — कार्तिक १९, २०७७।
बुधबार पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।