हराएका दाजुभाइ मृत फेला
News Desk
Nov-05 , 2020 तारिख 11:49 बिहान

पूर्वी नवलपरासी — कार्तिक २०, २०७७। 

पूर्वी नवलपरासीको गैंडाकोटका दुई दाजुभाइ मृत फेला परेका छन् । गत सोमबारदेखि हराइरहेका वडा नं २ का २६ वर्षीय विजयबाबु पौडेल र २१ वर्षीय संगम पौडेल मृत अवस्थामा भेटिएका हुन् ।

पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार गैंडाकोट नगरपालिका–३ स्थित जयश्री खोलाको बाँधमा एक जनाको पानीमा तैरिरहेको अवस्थामा र एक जनाको डुबिरहेको अवस्थामा बुधबार शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

(कान्तिपुर दैनिक)