प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य
News Desk
Nov-06 , 2020 तारिख 03:09 बेलुका

काठमाडौँ — कार्तिक २१, २०७७। 

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७ सय रूपैयाँमा कारोवार भएकामा आज एक हजार रूपैयाँले वृद्धि भइ ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रूपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने प्रतितोला एक हजार २५५ रूपैयाँमा कारोबार भएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको