नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी
News Desk
Nov-09 , 2020 तारिख 12:11 बेलुका

काठमाडौँ — कार्तिक २४, २०७७। 

सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरसका कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको आजको राजधानी दैनिकमा खवर छ ।

धेरै पढिएको