२२ प्रसारण लाइनलाई सर्वेक्षण अनुमति
News Desk
Nov-10 , 2020 तारिख 11:09 बिहान

काठमाडौँ — कार्तिक २५, २०७७। 

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा २० ओटा नयाँ विद्युत् प्रसारण लाइन आयोजनाले विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र पाएका छन् ।

विभागका अनुसार ४०० केभीका ६ ओटा प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र पाएका छन् । उक्त ६ प्रसारण लाइनको कुल लम्बाइ ३८३ दशमलव ५ किलोमीटर रहेको छ ।

२२० केभीको १, १३२ केभीको ७ र ३३ केभीको ६ प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ । बिभागका अनुसार यी प्रसारण लाइनको कुल लम्बाइ क्रमशः ४९ किलोमीटर, १७३ किलोमीटर ६३ दशमलव ७ किलोमीटर रहेको छ ।

गत आवको पहिलो त्रैमासमा ८ आयोजनाले मात्रा सर्वेक्षणको अनुमति पाएका थिए । त्यो अनुसार चालू आवमा सर्वेक्षणको अनुमति पाउने प्रसारणलाइन आयोजनाको संख्या बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

चीनबाट सबैभन्दा बढी ४५ ओटा परियोजना दर्ता गराएको छ । तिनमा सेवामुलक र पर्यटनसम्बन्धी परियोजना अधिक छन् । चिनियाँ लगानीकर्ताको रोजाइमा त्यसपछि सूचना तथा प्रविधि, उत्पादनमूलक प्रोजेक्टहरू परेका छन् । यी परियोजनाको कुल लगानी रू। ७ अर्ब ५३ करोड रहेको छ । त्यसपछि परियोजना दर्तामा गर्नेमा भारतीय लगानीकर्ता रहेका छन् । उनीहरूको रोजाइ पनि सेवा र पर्यटन नै परेको छ ।

भारतीय लगानीकर्ताका जम्मा चारओटा परियोजना दर्ता भएका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

धेरै पढिएको