उदयपुरका ४२ वर्षीय पुरुषको बीपी प्रतिष्ठानमा मृत्यु
News Desk
Nov-10 , 2020 तारिख 02:47 बेलुका

सुनसरी — कार्तिक २५, २०७७।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । मृतक उदयपुरको चौदण्डी २ का ४२ बर्षीय पुरुष हुन् ।

शारीरिक र मानसिक रुपमा कुनै दीर्घ रोग नभएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा अशिष श्रेष्ठकाअनुसार कोरोना संक्रमणको संकास्पद बिरामीको रुपमा उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १४ गते भर्ना गरिएको थियो ।

प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।

(कान्तिपुर दैनिक)