सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ घट्यो
News Desk
Nov-10 , 2020 तारिख 02:49 बेलुका

काठमाडौँ — कार्तिक २५, २०७७।

नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको छ ।  सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा म‌ंगलबार सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार २ सय १५ रुपैयाँमा झरेको छ ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको