घट्यो नाफा, खुम्चियो लाभांश
News Desk
Nov-22 , 2020 तारिख 11:50 बिहान

काठमाडौं —  मंसिर ७, २०७७।

मुलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैङ्कहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफामा सङ्कुचन आएको छ ।

कोरोना सङ्क्रमणकै कारण व्यवसाय विस्तारमा असर पर्नुका साथै पर्याप्त कर्जाको माग नआउँदा बैङ्कहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा पनि कमी आएको छ ।

कोरोना कहरकै कारण चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा वाणिज्य बैङ्कहरूको नाफा घट्दा वितरणयोग्य नाफा ५४.४१ प्रतिशत अर्थात् साढे चार अर्ब रुपियाँले घटेको छ । यो अवधिमा २७ वाणिज्य बैङ्कले तीन अर्ब ७६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका छन् ।

यो नाफा गत आर्थिक वर्षको २०७६/७७ को पहिलो त्रैमासको तुलनामा ५४.४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा बैङ्कहरूले आठ अर्ब २६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

धेरै पढिएको