बालिका हत्या प्रकरण : प्रहरीले बल प्रयोग गरेर खुलायो राजमार्ग
News Desk
Nov-24 , 2020 तारिख 01:34 बेलुका

काठमाडौँ — मंसिर ९, २०७७। 

महोत्तरीको बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीले राजमार्ग खुलाएको छ ।

लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो ।

प्रहरीको गोली लागि बर्दिवास–१ का ४५ वर्षीय सञ्जय न्यौपाने गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले चलाएको २ राउण्ड गोली लागेको छ ।

उनको बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडाैं लैजाने तयारी भइरहेको बर्दिवास नगरपालिका-१ का अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको