स्याबास सपना !!
News Desk
Nov-25 , 2020 तारिख 01:51 बेलुका

काठमाडौँ — मंसिर १०, २०७७। 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स १ कति भयानक १ कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा। तर, त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ।

उनी हुन्, १९ वर्षीया सपना रोका मगर। उनी हरेक दिन पशुपति आर्यघाटमा बेवारिस शव जलाउँछिन्। यो काम उनले कुनै चर्चाका लागि गरेकी होइनन्। तर, यही कर्मले उनलाई संसारमै चिनाइदिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपना पनि परेकी छन्।

यो बेला सपना म्याग्दीस्थित घर पुगेकी छन्। काठमाडौंबाट एक जना पत्रकारले झिसमिसेमै फोन गरी यो खबर उनलाई सुनाए। तब उनी निःशब्द भइन्।

‘निरन्तर आँसु मात्रै आयो। केही भन्नै सकिनँ। हामीले गरेको काम देख्ने कोही त रैछ जस्तो लाग्यो’, सपनाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फेसबुक खोलेर हेरें जताततै मेरै समाचार थियो। अत्यन्तै खुसी लाग्यो। म्यासेज, फोन र बधाई त थामिनसक्नु पाइरहेकी रहेछु। नेपालका अग्रज, वरिष्ठ व्यक्तिहरूले पनि मेरो कामलाई बधाई दिँदै हौसला पठाउनु भएको रैछ।’

उनले यो जिम्मवारी र सफलताले अरू कर्म गर्न थप प्रेरणा मिलेको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

धेरै पढिएको