राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनमा मेडल सङ्ग्स नेपालका हेटौंडा प्रमुख बिवेक
News Desk
Nov-26 , 2020 तारिख 02:13 बेलुका

काठमाडौँ — मंसिर ११, २०७७। 

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन केन्द्रिय कार्यलय हेटौडामा मंगलबार बसेको बैठकले गठबन्धनको केन्द्रिय युवा बिभागमा दिनेश लामा वाईबा लाई चयन गरीएको छ । यस्तै बिभागको उपप्रमुखमा असिम स्याङ्तान चयन भएका छन भने युवा बिभाग अन्तर्गत मकवानपुर जिल्ला प्रमुखमा बिबेक बिक्रम शाह सर्बसम्मत चयन भएका छन् । लामो समय युवा राजनीति गरेका बिबेक मकवानपुरका परिचीत अनुहार हुन ।

मोडल सङ्ग्स नेपाल प्रालीको हेटौडा प्रमुख समेत रहेका शाह नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा समेत आवद्द रहदै आएका छन।   हेटौडालाई आफ्नो कार्यक्षेत्र बनाउदै उनले सौन्दर्यसम्बद्द विविध किसिमका कार्यक्रमहरुको सफल समापन गरीसकेका छन। 

केन्द्रिय संयोजक किशोरी महतोको आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सहसंयोजक बिक्रम बहादुर बम लगा्यतको सहभागीता रहेको थियो ।

जिल्ला प्रमुखमा चयन भएपछि शाहले देशमा पछिल्लो समय बढेको भ्रष्टाचार,ज्यादती अन्त्य गर्न अब युवा शक्तिहरु एकजुट भएर राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनमा अबद्ध रहन आग्रह गर्नु भयो ।

२०४७ को संविधान पुनःस्थापना हाम्रो अभियान भन्ने नाराका साथ राजा ल्याउँ देश बचाउ भन्दै गठबन्धनले आगामी मंसिर १४ गते दिउसो १ बजे हेटौडा ४ स्थित सभागृह हल पछाडि रहेको स्वर्गीय श्री ५ बडामहाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको प्रतिमा रहेको स्थानमा भेला भई बृहत मोटरसाइकल र्याली आयोजना गर्ने कार्यक्रम रहेको समेत शाहले बताएका छन ।