कोरोनाबाट २४ घण्टामा २५ जनाको मृत्यु
News Desk
Nov-29 , 2020 तारिख 04:06 बेलुका

काठमाडौं — मंसिर १४, २०७७।  

कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार  हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ । 

सोही अवधिमा १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ । हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ ।

(कान्तिपुर दैनिक)