पछिल्लो २४ घण्टामा थपिए १ हजार २ सय १७ कोरोना संक्रमित, १ हजार ६४ डिस्चार्ज
News Desk
Dec-10 , 2020 तारिख 03:51 बेलुका

काठमाडौं — मंसिर २५, २०७७।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ७ हजार २ सय ३२ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

(कान्तिपुर दैनिक)