भारतमा पनि नेपालको सरकारविरोधी आन्दोलन
News Desk
Dec-14 , 2020 तारिख 03:30 बेलुका

भारतमा पनि नेपालको सरकारविरोधी आन्दोलन
Ganga Baral

December 14, 2020

 

 

काठमाडौं । नेपाली कांग्रेसले आव्हान गरेको आजको देशव्यापी आन्दोलनको कार्यक्रममा नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति भारतले पनि आन्दोलन गर्दैछ ।

पार्टीका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका समितिका अध्यक्ष बालकृष्ण पाण्डेले भारतका प्रमुख २० वटा शहरमा आन्दोलन गर्ने तयारी भएको जनाए । उनका अनुसार दिल्ली, भोपल, चण्डीगढ, मुम्बई, हैदरावाद, इरोर, कोलकत्ता, जबलपुर, पुना, लुधियाना, मद्रास, बानारस, केरलालगायतका ठाउँमा आन्दोलन र जुलुस गरिने भएको छ । अध्यक्ष पाण्डेले नेपालको नेकपाको सरकार भ्रष्टाचार र अनियमिततामा मात्र केन्द्रित भएकाले सरकारले गलत बाटो लिएको दाबी गरे ।

उनले सरकारले आफ्नै कारण अन्तर्राष्ट्रिय समर्थन पनि गुमाइसकेको स्पष्ट पारे । बहुमत प्राप्त सरकार भए पनि जनताको पक्षमा काम नगरेकाले जनविश्वास गुम्दै गएको उनको भनाई छ । उनले अलोकतान्त्रिक व्यवहार गर्ने सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

उनले प्रवासमा बस्ने नेपालीलाई सरकारले नेपालीजस्तो व्यवहार नगरेकोमा पनि आपत्ति जनाएका छन् । गत मंसिर १७ गते तनहुँमा एउटा पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पुल उद्घाटन गर्न नदिएर पक्राउ गरेपछि पार्टीले त्यो घटनासहित सरकारको अलोकतान्त्रिक कदमको बारेमा आज निर्णायक आन्दोलन गर्ने निर्णय गरेको थियो ।

Related Post