News Desk
काठमाडौँ — पुस ८, २०७७।
गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । थापाले बुधबार विहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
संसद विघटनपछि नेकपाको कुनै समूहमा नखुलेका थापालाई नेकपाका दुवै समूहले आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।
मंगलबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि थापालाई उनको निवास पुल्चोक पुगेर भेटेका थिए । थापा मंगलबार बालुवाटार र बबरमहलमा भएका बैठकमा सहभागी भएका थिएनन् । तर, उनी निकट केही नेता भने दाहाल–नेपाल समूहको बैठकमा सहभागी भएका थिए ।
थापालाई उनी निकट अधिकाशं नेताहरुले दाहाल–नेपालसमूहलाई साथ दिन आग्रह गरेका छन् । मंगलबार बालुवाटार र बबरमहलमा बैठक चलिरहँदा थापा भने वामदेव गौतमको निवासमा पुगेका थिए । त्यहाँ थापा र गौतमबीच लामै कुराकानी भएको थियो । संसद् विघटनपछि नेकपा पनि विभाजन भएको छ ।
(कान्तिपुर दैनिक)