दाहाल-नेपाल समूह निर्वाचन आयोग पुग्यो
News Desk
Dec-25 , 2020 तारिख 11:22 बिहान

काठमाडौँ — पुस १०, २०७७। 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेका हुन् ।

माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल-नेपाल समूहले जानकारी दिने बताएको छ ।

‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको