आधा वर्षमा १४.४ प्रतिशत मात्रै विकास खर्च
News Desk
Jan-16 , 2021 तारिख 01:20 बेलुका

काठमाडौं - माघ ३

काठमाडौं, सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधार लक्षित बजेटको १४.४ प्रतिशत मात्रै खर्च गरेको छ। सरकारले विगतमा जस्तै यो वर्ष पनि पुँजीगत बजेट खर्च गर्न नसकेको हो। विगतमा सामान्य अवस्थामा पनि पुँजीगत बजेट खर्च गर्न नसकेका अधिकारीहरूलाई यस वर्ष कोभिड–१९ गतिलो बाहना बनेको छ।

सरकारले कोभिड १९ महामारीबीच पनि राष्ट्रिय गौरवका र ठूला परियोजना अघि बढाउने निर्णय गरेको थियो। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार चालु आवको पुस मसान्तसम्म ५० अर्ब ८१ करोड ७० लाख रूपैयाँ मात्रै विकास खर्च भएको छ। यो कुल विनियोजित पुँजीगत बजेटको १४.४० प्रतिशत हो।

सरकारले यो आवको लागि तीन खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। पुँजीगत बजेट बजेट खर्च नहुनु भनेको पूर्वाधार निर्माणको गतिमा कम हुनु हो। सरकारले बहुवर्षे आयोजनामा पर्याप्त मात्रामा बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको अवस्था पनि उस्तै छ। नागरिक दैनिकबाट

Related Post