नेतासहित २२० उच्च पदस्थको सम्पत्ति छानबिनमा
News Desk
Jan-16 , 2021 तारिख 08:47 बिहान

काठमाडौं - माघ ३

काठमाडौं, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।  
यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । 
उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । 

१ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

धेरै पढिएको