गुडीरहेको ट्रकमा अचानक आगोलागी हुँदा पुर्णरुपले जलेर ध्वस्त
News Desk
Jan-16 , 2021 तारिख 08:33 बेलुका

तनहुँ ,३ माघ - पृथ्वी राजमार्गमा गुडीरहेको एक ट्रक आगोलागी हुँदा पुर्णरुपले जलेर ध्वस्त भएको छ । दमौलीबाट डुम्रे तर्फ जादै गरेको अवस्थामा लु३०च११९ नम्बरको ट्रकमा अचानक आफै आँगोलागी हुदा पुर्णरुपमा क्षतिग्रस्त भएको हो । ब्यासनगरपालिका -१२ कमलबारी भन्ने स्थानमा शनिबार विहान ५ : ४० बजेको समयमा उक्त सवारीसाधनमा आँगो लागेको हो।

दमौलीबाट गएको दमकलको सहायताले उक्त आँगो निभाउन सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी जवान अनिल पाण्डेले जानकारी दिए। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए। उक्त ट्रकमा सवार रहेका सवारी चालक र सहचालक भने सकुशल रहेका छन्।

Related Post