याभ नेपालकाे दाेस्राे अधिवेशनबाट नयाँ कार्यसमिती चयन
News Desk
Jan-17 , 2021 तारिख 12:57 बेलुका

 

भक्तपुर, ०३ माघे -युवाका साथ साथ आवाज नेपालकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । भक्तपुर जिल्लामा वि.सं २०७४ सालमा बालक्लबका पुर्वसदस्यहरुले स्थापना गरेकाे युवा संस्था आफ्नो स्थापना काल देखि महिला बालबालिका र युवाकाे क्षेत्रमा वकालत र पैरवी गर्दै युवा नेतृत्व विकास र परिचालनमा जाेड दिदैँ आईरहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष राजेश घिमिरेकाे सभाध्यक्षता, प्रमुख अतिथि संस्थाका संरक्षक  वाग्मती प्रदेश सभा सदस्य शंशीजङ्ग थापा, विशेष अतिथि गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, जि.स.स भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक नगरपालिका वडा नं.७ का वडा अध्यक्ष रविन्द्र सापकाेटा र अतिथिहरु नेपाल पत्रकार महांसघ भक्तपुरका सभापति पुष्करराज बुढाथोकी, सुर्यविनायक न.पा र चाँगुनारायण न.पा. कार्यपालिका सदस्य दिपक विसुन्के र कृष्णा कार्की, कन्साेर्टियम नेपालका अध्यक्ष किरण एन प्याप्सन भक्तपुरका अध्यक्ष संजय खड्का, संस्थाका संस्थापकद्वय विनाेद खत्री र दिपेश बिसुङ्के लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थिति सहभागीहरुलाई संस्थाकाे उपाध्यक्ष देवेन्द्र आचार्यले स्वागत गरेका थिए भने कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सदस्य आस्मा  बस्नेतले प्रस्तुत गरेकी थिईन ।साथै आर्थिक प्रतिवेदन संस्थाका काेषाध्यक्ष अमर शिवाकोटीले प्रस्तुत गरेका थिए ।   कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि शशी जङ्ग थापाले युवा नेतृत्व विकास र परिचालन, युवा उद्यमशिलता प्रबर्द्धन र स्वराेजगारमा युवाहरुलाई जाेडदै  समाज विकासकाे निम्ति अझै सशक्त ढंगले अगाडि बढ्दै जानू पर्ने र प्रदेश सरकारबाट हुन सक्ने  साथ सहयोग र युवा विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखि  युवाहरुलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गरे ।   साथै मन्तव्य कै क्रममा कार्यक्रमका विशेष अतिथि गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले युवा जागे मात्र देश र समाजमा रुपान्तरण सम्भावना हुने बताउदै अब राजनीति रुपमा मात्र युवाहरुलाई प्रयाेग गर्न नहुने धारणा   राखे ।  साथै, उनले समाजकाे याेग्य र दक्ष जनशक्ति बनाउन सामाजिक विकासका गतिविधिहरुमा सक्रिय सहभागीता गराउँदै अगाडि बढाउनु र युवा नेतृत्व विकासकाे निम्ति आफ्नो तर्फबाट सकेकाे याेगदान र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।  
कार्यक्रममा उपस्थिति अतिथिहरुले मन्तव्य दिने क्रममा संस्थाले गरेका कामहरुकाे प्रशंसा गर्दै भावी दिनहरुमा  अझै महिला, बालबालिका र युवाहरुकाे क्षेत्रमा उल्लेखनिय कामहरु गर्दै अगाडि बढन, युवाहरुकाे नेतृत्व विकासमा जाेड दिदै अगाडि बढ्न सकाेस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।  

साथै वार्षिक साधारणसभा एवम् कार्यक्रमकाे उद्घाटन सत्र सम्पन्न पश्चात दाेस्राे अधिवेशन एवम्   बन्द सत्र शुरु भएकाे थियाे, अधिवेशनबाट ७ सदस्यीय कार्यसमिति दुई बर्षकाे कार्यकालकाे लागि सर्वसम्मत रुपमा चयन गरेको छ ।  जसमा अध्यक्ष देवेन्द्र आचार्य,उपाध्यक्ष अमर शिवाकोटी, सचिव श्रीकृष्ण थापा, काेषाध्यक्ष आस्मा बस्नेत र कार्यसमिति सदस्यहरु साेना तचामाे,रविन थापा र आस्था बस्नेत निर्विराेध निवार्चित भएकाे  निर्वाचन समितिका अधिकृत दिपेश बिसुङ्केले जानकारी दिए ।

Related Post