तातोपानीबाट २० दिन आयात बन्द
News Desk
Jan-22 , 2021 तारिख 01:49 बेलुका

काठमाडौं - माघ ९ 

काठमाडौं, उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ। चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि हुँदैन,’ उनले भने। गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुल मर्मत थालेको चीनले जानकारी दिएको छ। बाढीले पुलका दुई स्पान ९पिलर० का जग केही खोतलेको थियो। त्यही खोतलिएको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए। पुल पुनर्निर्माण भएको डेढ वर्षमै चीनले मर्मत थालेको हो।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो। २०७६ जेठबाट मात्र यो पुल सञ्चालनमा आएको थियो। नागरिक दैनिकबाट

Related Post